गोदावरी नगरपालिका–२ चापाखर्कबाट प्रहरीले करिब १ सय किलो अवैध लागूऔषध गाँजा सहित सोमबार दिउँसो तीन जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग बाँडेगाउबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका–२ चापाखर्क बस्ने ४४ वर्षीय सन्त सिंह तामाङसहित ३ जनालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी तलासी गर्दा उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।