बोदेबर्साईन नगरपालिका-४ गौरामा आज बिहान टिपरले अटोलाई ठक्कर दिंदा एक जना भारतीयको घटनास्थलमै मृत्यु भएको छ । यस्तै दुर्घटनामा ७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा अटोमा सवार भारतको मोतिहारी ग्राम पञ्चायत–७ बस्ने २६ वर्षीय मोहम्द सदाम हुसेन रहेको प्रहरीले जनाएको छ ।
बोदेबर्साईनबाट बिष्णुपुरतर्फ जाँदै गरेको ना १ क ५५२७ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको स १ ह ३७९५ नम्बरको अटोलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका अटोमा सवार ७ जनालाई उपचारका लागि जीवन दिप अस्पताल बोदेबर्साईन पठाइएको छ ।
टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अटो चालक फरार रहेकोले खोजी भइरहेको छ ।