logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गोदावारीस्थित एक व्यक्तिको घरमा बम राख्ने सेनाका पूर्व हवल्दार पक्राउ


अंकुरण खबर
689
Shares

ललितपुरको गोदावारीस्थित एक व्यक्तिको घरमा बम राख्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेपाली सेनाका अवकाशप्राप्त हवल्दार राजकुमार सार्की रहेका छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

सार्कीले गोदावारी नगरपालिका-५ स्थित सोमबार स्थानीय सुकराम मिजारको घरमा बम राखेका थिए । मिजारसँग पैसा माग्ने उद्देश्यले उनले बम राखेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।