logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको मौसमः केहि स्थानमा वर्षा र हिमपात हुने सम्भावना


अंकुरण खबर
1.222K
Shares

काठमाडौं – पश्चिमी वायुको असरका कारण आज देशका अधिकाशं स्थानको मौसम बदली भई केहि स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आज पश्चिमी क्षेत्रका केही स्थानमा सामान्यदेखि आंशिक बदलीसहित वर्षा र हिमपातको सम्भावना रहेको जनाएको हो ।

आज दिउँसो देशको पश्चिमी भू–भागमा लगायत मध्य तथा पूर्वि पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति देशभर सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । अहिले काठमाडौं उपत्यकासहित मध्य र पश्चिमी पहाडमा हल्का बादल लागेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन ०७ गते (बुधबार)

दिउँसोः देशको पश्चिमी भु-भागमा लगायत मध्य तथा पूर्वि पहाडी भु-भागमा आन्शिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

फागुन ०८ गते (बिहिबार)

दिउँसोः देशभर सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

रातीः देशभर सामान्य बदली रही पश्चिमका केहि भू-भागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको देखिन्छ ।

फागुन ०९ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रही पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको देखिन्छ ।

रातीः देशभर आन्शिक देखि सामान्य बदली रहने छ।  पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।