रौतहटमा मंगलबार राति मध्यरातमा गोली हानाहान हुँदा स्थानीय त्रसित बनेका छन् ।
कर्तव्य ज्यान लगायतका दर्जनौ अपराधमा संलग्न रहेका फरार एक आरोपीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्दामा फरार रहेका तत्कालिन तराई जनतान्त्रिक मुक्ती मोर्चाका इन्चार्ज अभय भनिने कामेश्वर पटेल कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो । उनी धन्सार जंगलसैया जाने बाटोमा भाग्दै गर्दा रौतहट प्रहरीको एम्बुसमा परेर चार राउण्ड गोली प्रहार गरेर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले बताएको छ ।
प्रहरी देख्नासाथ पटेलले फायर खोलेकोले उनलाई पक्राउ गर्न प्रहरीले चार राउण्ड गोली प्रहार गरेको बताइएको छ । गोली प्रहारबाट पटेलको बायाँ गोडामा दुई राउण्ड गोली लागेको छ । उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।
कुर्मीको साथबाट नलकटुवा पेस्तोल एक थानसहित पाँच राउण्ड गोली बरामद भएको छ ।