logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य अहिलेसम्मकै महँगो, तोलामा कति पुग्यो?


अंकुरण खबर
1.144K
Shares

काठमाडौं – आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको हो।

बुधबार छापावाला सुन तोलामा ४ सयले बढेर ७७ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुन तोलामा ७६ हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७६ हजार ८ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज १५ रुपैयाँले बढेर प्रतितोला ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको प्रभाव सुन बजारमा पनि परेको छ । सुनको मूल्य बढेसँगै कारोबारमा कमी आएको व्यवसायीले बताएका छन् ।