जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यलय पाटन बैतडीका निमित्त डिभिजन प्रमुख पक्राउ परेका छन् ।
१ लाख घुससहित सुरेशराज भट्ट पक्राउ परेका हुन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रहरी निरीक्षक विनोद श्रेष्ठको टोलीले बुधबार बिहान ९ बजे उनलाई पक्राउ गरेको हो ।
चमेलीया नदी नियन्त्रण तथा तटबन्धन आयोजनाको उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको जनाइएको छ । उनलाई आज महेन्द्रनगरमा राखिने र भोलि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल लगिने बताइएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार, चमेलीया नदी नियन्त्रण तथा तटबन्धन आयोजनाको उपभोक्ता समितिसँग भट्टले २ लाखमा बार्गेनिङ गरे पनि अहिले १ लाख बुझाउँदै गर्दा उनी समातिएका हुन् ।