बलिउडकी कलाकार किशोरी बलालको मंगलबार राति निधन भएको छ ।
उनको उपचारका क्रममा भारतको बेङ्लोरको एक अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ । उनले सन् २००४ मा प्रदर्शन भएको बलिउड नायक शाहरुख खानको चलचित्र स्वदेशमा कावेरी आमाको भूमिका निर्वाह गरेकी थिइन्।
जसमाउ उनको भुमिका अत्यन्तै मन पराइएको थियो । त्यसपछि उनी भारतमा कावेरी आमाको उपनामले परिचित थिइन् उनले धेरै फिल्ममा फिल्ममा सफल अभिनय गरेकी छन् । बबालको मृत्यु पछि बलिउड शोकमा रहेको छ । एजेन्सी