काठमाडौं – स्वास्थ्य मन्त्रालयले चीनको वुहानबाट फर्काइएका नेपालमा कोरोना भाइरसको कुनै संक्रमण नभएको जानकारी दिएको छ ।
बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत नाक र घाँटीको र्याल परीक्षणका बारेमा जानकारी दिदै कुनै पनि संक्रमण नदेखिएको जनाएको हो । पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव खगराज बरालले चीनमा रहेका ६ जनाको पनि क्वारेन्टाइनमा राखेर परीक्षण भइरहेको बताए ।
नेपालमा रहेकाहरुको केही दिनपछि फेरि परीक्षण गरिने उनले बताए। क्वारेन्टाइनमा रहेका सबै स्वस्थ रहेकाले त्रसित नहुन मन्त्रालयले अपिल गरेको छ।
मन्त्रालयले त्रिभुवन विमानस्थलबाट आएका शंकास्पद व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिरहेको जनाएको छ। चिनियाँ नागरिकलाई विशेष निगरानी गरेको छ । तर अहिलेसम्म कसैमा पनि संक्रमण नभेटिएको जनाइएको छ ।