logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लागुऔषधसहित तीन जना पक्राउ


अंकुरण खबर
1.469K
Shares

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ बाट दुई जना भारतीय नागरिकलाई प्रहरीले गाँजाससहित पक्राउ गरेको छ।

लागुऔषध गाँजा करिब ५ केजीसहित भारतको बिहार राज्यमा पर्ने बेतिया पश्चिम चम्पारण कालाबाघका सर्तोज आलम र समिर आलमलाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ५ ख ४६०४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई मङ्‌गलबार राति पक्राउ गरेको जनाएको छ।

यसैगरी, उदयपुरको त्रियुगा नगरपालिका-११ पिपल चोकबाट पनि लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २० ग्रामसहित एक युवक पक्राउ परेका छन्।

त्रियुगा नगरपालिका-११ सङ्‌गम टोल बस्ने राउल श्रेष्ठलाई मङ्‌गलबार राति प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।