logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रोकी राखेको मोटरसाइकललाई बसले ठक्कर दिँदा एक जनाको मृत्यु


अंकुरण खबर
1.417K
Shares

सुर्खेतको भेरीगंगा नगरपालिका-१२ छिन्चुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा आज एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नम्बर-४ का राजु बोहरा रहेका छन्। बा ३ ख ६३५२ को गाडिले रोकी राखेको भे ४ प ६३३८ नम्बरको राजु सवार मोटरसाइकललाई ठक्कर दिएको हो ।

ठक्करपछि उनी गम्भीर घाइते भएका थिए। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।