logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनले नेपाली पत्रकारलाई धम्की दिनु निन्दनीय : महास‌ंघ


अंकुरण खबर
2.145K
Shares

नेपाल पत्रकार महास‌ंघले चिनियाँ राजदूतावासको विज्ञप्तिको विरोध गरेको छ।

पत्रिकामा प्रकाशित लेखको बिषयलाई लिएर दुतावासले विज्ञप्ति निकालेपछि महासंघले आपत्ति जनाएको हो ।

काठमाडौं नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपको अंग्रेजी पत्रिका ‘द काठमाडौं पोस्ट’मा प्रकाशित एक लेखको विषयलाई लिएर काठमाडौंस्थित चिनियाँ राजदूतावासले जारी गरेको विज्ञप्ति निन्दनीय भएको बताएको छ।

महासंघले बुधबार विज्ञप्ति जारी गर्दै ‘द काठमाडौँ पोस्ट’मा प्रकाशित लेखको विषयलाई लिएर चिनियाँ राजदूतवासद्वारा जारी विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

प्रकाशित समाचारप्रति गुनासो गर्ने वा उजुरी दिने निकाय प्रेस काउन्सिल नेपाल हो’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कूटनीतिक निकायबाट विज्ञप्तिमार्फत पत्रकारलाई धम्की दिने र लाञ्छना लगाउने काम हुनु आफैमा निन्दनीय छ।’

महासंघले पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ।

यस्तो छ विज्ञप्ति: