काठमाडौं – सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा विवादमा तानिएका छन् ।
सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसन मागेको भन्दै हाम्राकुरा डटकमले बाँस्कोटाबारे समाचार प्रकाशन गरेको हो। उक्त समाचार प्रकाशन भएपछि मन्त्री बाँस्कोटाको तिब्र आलोचना भइरहेको छ।
मन्त्री बाँस्कोटा र स्विस कम्पनीका स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीको एक अडियो पनि सार्वजनिक भएको छ। उक्त अडियोमा मन्त्रीले कमिसनको कुरा गरेको सुन्न सकिन्छ।
यद्यपि स्रोतहरुले स्वीस कम्पनीसँग नभई फान्सेली कम्पनीसँग खरिद गर्न थालिएको बताएका छन्। यो समाचार तयार पार्दासम्म सञ्चारमन्त्री बाँस्कोटाले कुनै प्रतिक्रिया जनाएका छैनन्। हाम्रा कुराले सार्वजनिक गरेको सञ्चारमन्त्री बास्कोटासँग गरिएको भनिएको अडियो संवादको स्वतन्त्र पुष्टि हुन भने बाँकी नै छ।
यस्तो छ अडियो संवाद :