logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सञ्चारमन्त्रीको अडियो प्रकरणः पत्रकार ढुंगानाले दिए राजीनामा


अंकुरण खबर
1.82K
Shares

सञ्चारमान्त्री गोकुल बाँस्कोटाले कमिसनका लागि डिल गरेको समाचार प्रकाशन नभएको भन्दै नयाँ पत्रिका दैनिकका पत्रकार पुष्प ढुंगानाले राजिनामा दिएका छन्।

उनले आफूले तयार गरेको समाचार पत्रिकाले छाप्न नमानेको भन्दै राजीनामा दिएका हुन्। सामाजिक सञ्जाल फेसबुकमा आफ्नो स्टाट्स लेख्दै पत्रकार ढुंगानाले पत्रकारीताबाट ब्रेक लिएको बताएका छन् ।

यस्तो छ उनले स्टाट्स,

‘मेरो पत्रकारितामा निकै नमिठो अनुभव, मन्त्रीको कमिशन अडियो पेश हुँदासम्म समाचार बनाउन सकिएन। ग्लानी यो अर्थमा की मैले कसका लागि पत्रकारिता गर्दैछु रु खरदारले सय रूपैया घुस खाएको समाचार लेखेर मन्त्रीको अनियमितता लुकाउन सकिँदैन । त्यसकारण पत्रकारिताको यात्रामा ब्रेक लगाएको छु।‘