काठमाडौं – सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड डिमान्ड गरेको अडियो सार्बजनिक भएसँगै मन्त्रीको चौतर्फी विरोध भएको छ ।
समाचार बाहिरिएसँगै धेरैको क्रिया प्रतिक्रिया आइरहेका छन् । यही बीचमा संचारकर्मी रवि लामिछानेले सामाजिक सञ्जाल ट्वीट गर्दै संचारमन्त्रीप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । उनले संचारमन्त्रीले राजीनामा नदिए कार्यकक्षबाटै पक्राउ गरिनुपर्ने बताएका छन् ।
यस्तो छ लामिछानेको ट्वीटर:
बिरामी प्रधानमन्त्रीलाई भजाएर आफ्नो धन्दा चलाउने अन्य नजिकका पात्रहरुको कर्तुतपनि हेर्दै जाउ,३ वर्ष बाकी छ। कुरौ…
नोट: प्रमाण लुकाउन सक्ने हैसियत भएका आरोपित मन्त्रीले तुरुन्त राजिनामा दिनु पर्छ र अबिलम्ब छानबिन शुरु हुनु पर्छ।राजीनामा नदिए "कार्यकक्ष" बाटै पक्राउ गरिनु पर्छ।— Rabi Lamichhane (@hamrorabi) February 20, 2020
लामिछानेले फेसबुकमा पनि यो ट्वीटमा केही कुरा थपेर लेखेका छन् । हेर्नुहोस् लामिछानेको फेसबुक स्टाट्स: