संचार मन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक पदमा बसेर भ्रष्टाचार जन्य कसुर गरेको आरोप लगाउदै तत्काल बर्खास्त गरि अख्तियारको जिम्मा लगाउन द्वन्द्व पीडित राष्ट्रिय संजालका बरिस्ठ उपाध्यक्ष फडिन्द्र लुइटेलले माग गरेका छन् ।
अंकुरण खबरसँग कुरा गर्दै लुइटेलले सरकारको संचार मन्त्री जस्तो ब्यक्तिले हाक्काहाक्की करोडौं रूपैयाँ कमिसन मागेर कम्युनिस्ट पार्टी र सरकारको बदनाम गरेको आरोप लगाएका हुन् ।
भ्रष्टाचार जन्य गतिविधि भनी सार्वजनिक भैसकेपछि नजोगाउन र नचोख्याउन लुइटेलले प्रधानमन्त्रीलाई आग्रह गरेका छन ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँस्कोटालाई तत्काल गिरफ्तार गरि अनुसन्धान शुरू गर्नुपर्ने उनको तर्क छ ।
गत महिना नेपाल टेलिकमलाई फोर जी स्वीकृति दिँदा समेत मन्त्री बाँस्कोटाले २१ अर्ब हिनामिना गरेको आरोप लागेको थियो । दस अर्ब बराबरको प्रस्ताब आएको समेत उनले स्वीकारेका छन। पछिल्लो समय मन्त्रीको गैर जिम्मेवारी पनले दुई तिहाइको सरकार नैतिक संकटमा परेको छ।