logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ : मन्त्री बाँस्कोटा


अंकुरण खबर
949
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौं फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन ।

‘ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु’, बेलडाँडी गाउँपालिकामा आज बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन ।’

जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैँ परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो । ‘आरोप आफैँमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ’, उनले भने, ‘सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ ।’