logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अब पर्यटकलाई रोबोटले स्वागत गर्ने


अंकुरण खबर
1.014K
Shares

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक पर्यटकलाई अब राबोटले स्वागत गर्ने भएको छ ।

बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा आयोजित एक कार्यक्रममा ‘पर्यटन परी’ नाम दिइएका दुई वटा रोबोटको सेवाको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रम पनि रोबोटले नै सञ्चालन गरेको थियो ।

यी रोबोटले यात्रुलाई अभिवादन गर्नेछन् । साथै यहाँ सेट गरिएअनुसारका सूचना टच स्क्रिनमार्फत उपलब्ध गराउनेछन् । साथै नेपाली, अंग्रेजी र चिनियाँ भाषामा सूचना प्रवाह गर्न सक्छन् ।

रोबोट सञ्चालनको उद्घाटन गर्दै मन्त्री भट्टराईले विमानस्थल प्रविधिमैत्री र आधुनिक बन्दै गएको बताए । सेवा सुविधाका दृष्टिकोणबाट विमानस्थलको सेवा सहयोगी बनेको भन्दै यी रोबोट परीक्षणका रुपमा राखिएको जानकारी दिए । यसले यात्रुहरुलाई सेवा दिन उपयुक्त ठानेमा अन्य विमानस्थलमा पनि यसलाई स्थापित गर्न सकिने उनको भनाइ छ ।