logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा


अंकुरण खबर
3.835K
Shares

सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । मन्त्रीको राजीनामाबारे संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिएका हुन् । ७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड रुपैयाँ कमिसनको ‘डिल’ सम्बन्धी अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले राजीनामा दिएका हुन् । मन्त्री बाँस्कोटाको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो ।