काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कारोबार रकमले बजारलाई तरंगीत बनाउन थालेको छ ।
नेप्से बुलिस ट्रेन्डमा प्रवेश गरेसँगै कारोबार रकममा उछाल आउन थालेको हो । कारोबारसँगै नेप्से परिसूचकमा पनि उत्साहजक वृद्धि भइरहेको छ । बजारले दिनहुँ नयाँ–नयाँ उच्चतम विन्दुहरु बनाउँदै गएको छ ।
नेप्से १४ सय अंकभन्दा माथि लागेपछि आम लगानीकर्ता थप उत्साहित हुँदा खरिदबिक्री रकममा नयाँ माहोल आउन थालेको हो । सातको अन्तिम दिन बिहीबार पनि नेप्से सूचकसँगै खरिदबिक्री रकममा उछाल आइरहेको छ ।
आज बिहीबार नेप्से सूचक दोहोरो अंकले बढिरहेको छ भने शेयर खरिदबिक्री रकम १ अर्ब ७३ करोड ४४ लाख नघिसकेको छ ।