काठमाडौं – घुस मागेको अडियो सार्वजनिक भएपछि भर्खरै राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई कालो झण्डा देखाइएको छ ।
मन्त्री बाँस्कोटालाई काँग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले झण्डा देखाएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाहिर झण्डा देखाउने क्रममा केहि कार्यकर्ता प्रक्राउ परेका छन्।
धनगढीबाट काठमाडौं फर्कने क्रममा मन्त्री बास्कोटालाई विमानस्थलमा नेवि संघ कार्यकर्ताले कालो झण्डा देखाएका थिए।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले एक स्वीस कम्पनीसँग सेक्युरिटी पिन्टिङ प्रेस खरिद गर्दा ७० करोड भन्दा बढी कमिसन आउँदा त्यसको ७० प्रतिशत आफूले पाउनुपर्ने भन्दै बार्गेनिङ गरिरहेको अडियो बुधबार सार्वजनिक भएपछि उनको चौतफी आलोचना भएको छ।