logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमसीसी अध्ययन कार्यदलले शुक्रबार अन्तिम प्रतिवेदन बुझाउने


अंकुरण खबर
637
Shares

काठमाडौं – मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले शुक्रबार अन्तिम प्रतिवेदन बुझाउने भएको छ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले गठन गरेको कार्यदलले शुक्रबार एमसीसीको प्रतिवेदन बुझाउने भएको हो। कार्यदलका सदस्य भीम रावलले अध्ययन अन्तिम चरणमा पुगेको र प्रतिवेदन बुझाउने विषयमा आज टुंगो लाग्ने बताए।

बिहीबारको बैठकमा प्रतिवेदन अगाडि बढाउने विषयमा छलफल भएको बताउँदै रावलले भने, ‘आजको बैठकबाट अन्तिम रुप दिने निर्णय भएको छ। अन्तिम रुप दिएर बुझाउने प्रकृयामा छौँ । भोलीसम्म प्रकृया पूरा गर्छ होला।’

एमसीसीका विषयमा सत्तारुढ दलभित्र चर्को विरोध भएपछि केन्द्रीर्य समिति बैठकले अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार गठन भएको कार्यदलले एमसीसीका विषयमा अध्ययन गरिहको छ।

कार्यदलमा रावलसँगै परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र झलनाथ खनाल सदस्य रहेका छन्।