logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानाध्यापकले संवेदनशील अङ्गमा हात लगाएको भन्दै छात्राको परिवारद्वारा उजुरी


अंकुरण खबर
2.678K
Shares

पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ मा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई एक छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको छ ।

विद्यालयको कक्षा ३ मा पढ्ने १४ वर्षीया छात्राले प्रधानाध्यापक मोहनप्रसाद दुलालले बुधबार दिउँसो कक्षाकोठामै दुर्व्यवहार गरेको बताएकी हुन् ।

प्रधानाध्यापकले यसअघि पनि पटक-पटक दुर्व्यवहार गर्दै आएको छात्राले बताएकी छन् । दुलालले संवेदनशील अङ्गमा हात लगाएको भन्दै छात्रा रुँदै घर पुगेपछि घटना सार्वजनिक भएको हो ।

बिहीबार छात्राका आफन्तहरु जिल्ला प्रहरी कार्यालय चौकी पुगेर प्रधानाध्यापकविरुद्ध उजुरी गरेको प्रहरीले जनाएको छ ।