आज साताको अन्तिम दिन सुनको भाउले आकाश छोएको छ । नेपाली बजारमा आज फेरि सुन तोलामा ५ सय रुपैंयाले बढेको हो ।
शुक्रबार छापावाल सुन तोलामा ५ सय रुपैयाँले बढेर ७८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार छापावाल सुन तोलामा ७७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै तेजावी सुन तोलाको ७७ हजार ८ सय रुपैंयामा कारोवार भइरहेको छ । यसैगरी चाँदी तोलाको ९ सय १५ रुपैंयामा कारोवार भइरहेको छ ।
चीनबाट सुरु भएको कोरोना भाइरस विश्वमै फैलिएपछि सुनको माग बढेको र भाउ अझै बढ्ने संकेत देखिएको बताइएका छ ।