प्रधानमन्त्री केपी शर्मा ओलीले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाललाई छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार बोलाएका छन् ।
‘विकसित घट्नाक्रमका विषयमा म अहिले बालुवाटार जाँदैछु । यो कार्यक्रम थिएन । तर विकसित घटनाक्रमका विषयमा छलफल गर्नुपर्ने भएकाले जानुपर्ने भयो,’ भक्तपुरमा नारायणविलास जोशी स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रचण्डले भने ।
नेकपा अध्यक्ष समेत रहेका ओलीले सञ्चारमन्त्री गोकुल बास्कोटाले कमिसन मागेको अडियो सार्वजनिक भएपछिको अवस्था, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका विषयमा छलफल गर्न प्रचण्डलाई बोलाएको बताइएको छ ।