logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ, शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


अंकुरण खबर
871
Shares

नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९४ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ ४० पैसा र बिक्रीदर १२४ रुपैयाँ ०४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ०८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८५ पैसा रहेको छ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३३ पैसा र बिक्रीदर २७ रुपैयाँ ४८ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५६ पैसा रहेको छ र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैया २९ पैसा रहेको छ ।