logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज २ घण्टा आन्तरिक तथा बाह्य उडानहरू प्रभावित हुने


अंकुरण खबर
754
Shares

महाशिवरात्रि र सेना दिवसका अवसरमा नेपाली सेनाले आयोजना गर्न लागेको सैनिक हवाई प्रस्तुतिका कारण शुक्रवार केही समय आन्तरिक र बाह्य उडानहरू प्रभावित हुने भएका छन् ।

नेपाली सेनासँग छलफल गरेर शुक्रबार अपराह्ण कम्तीमा दुई घण्टासम्म विमानस्थलको सेवा प्रभावित हुन सक्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक निर्देशकले बताएका छन् ।

उनले उक्त कार्यक्रमका कारण विमानस्थल बन्द नभए पनि अन्तर्राष्ट्रिय र घरेलु उडानहरू प्रभावित हुनेछ । सैनिक दिवसको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन्। प्रधानमन्त्री तथा अन्य उच्चपदस्थ अधिकारीहरू पनि उक्त कार्यक्रममा सहभागी हुने गरेका छन्।

कार्यक्रममा नेपाली सेनाले आफ्ना विभिन्न झाँकी र विपद् व्यवस्थापन तथा उद्दार, शान्ति सेना र राष्ट्रिय सुरक्षासँग जोडिएका प्रस्तुतिहरू देखाउने बताइएको छ।

बर्सेनि महाशिवरात्रिका दिन नेपाली सेनाले आफ्नो स्थापना दिवस मनाउँछ। त्यस क्रममा टुँडिखेलमा हवाई प्रदर्शनसहित विभिन्न झाँकी प्रस्तुत गरिन्छ।यसै साता उक्त प्रदर्शनीको तयारी गर्दा अन्तर्राष्ट्रिय विमानस्थलको सेवा ठप्प भएपछि त्यसलाई लिएर सेनाको आलोचना भएको थियो।