नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा मात्रै संलग्न नभएको बताएका छन् । प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहमहामन्त्री महतले यसमा संलग्न अन्य व्यक्तिमाथि पनि निष्पक्ष छानबिन गर्नु पर्ने माग गरेका हुन् ।
कार्यक्रममा महतले भने, ‘सेक्युरिटी प्रेस खरिद प्रकरणमा बास्कोटासँगै अन्य व्यक्ति पनि संलग्न हुनसक्ने देखिएको छ । अन्य पात्रबारे पनि छानबिन गरेर सत्यतथ्य सतहका ल्याउनुपर्छ ।’
उनले प्रधानमन्त्रीले बास्कोटा प्रकरणमा प्रधानमन्त्रीले सदनसमक्ष जवाफ दिनुपर्ने माग समेत गरेका छन् ।
सेक्युरिटी प्रेस खरिद प्रकरणमा एजेन्टसँग गरेको कमिसन डिलको अडियो सार्वजनिकपछि बास्कोटाले शुक्रबारै पदबाट राजीनामा दिएका छन् ।