काठमाडौं – महाशिवरात्रिका अवसरमा पशुपतिक्षेत्र केही दिनदेखि सिँगारिएको छ। केही दिनदेखि त्यहाँ देशविदेशबाट आएका भक्तजन र साधुसन्तको चहलपहल छ। केही साधुहरू गाँजा सेवन गर्छन्। उनीहरू गाँजालाई शिवको प्रसाद मान्छन्। तर नेपालमा गाँजा प्रतिबन्धित छ।

एकादशीका दिन भारतबाट आएका नागा सम्प्रदायका साधुहरूले मन्दिर प्रवेश गरेका थिए । भारत र नेपालका विभिन्न स्थानबाट विभिन्न सम्प्रदायका साधुसन्तहरू पशुपतिनाथको दर्शन गर्न आउँछन्। साधुहरूले विभिन्न भेषधारण गरेको पनि देखिन्छ।

पशुपतिक्षेत्रमा आएका साधुसन्तहरू भजनकीर्तिन, ध्यान तथा विभिन्न साधना पनि गर्छन्। केही साधुहरू गाँजा सेवन गर्छन्। उनीहरू गाँजालाई शिवको प्रसाद मान्छन्। तर नेपालमा गाँजा प्रतिबन्धित छ।

महाशिवरात्रिका अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा लाखौँ मानिसहरूको भिड लाग्छ। हिन्दूहरूका एक प्रमुख देवता महादेवको जन्मदिनका रूपमा मनाइने यो पर्वमा नेपालका विभिन्न स्थान र भारतबाट साधुसन्तहरू आउँछन् ।

यो पर्वमा विशेषतस् नागा, नाथ, वैरागी, अघोरी र निरङ्कारी सम्प्रदायका साधुहरू आउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। यसपालि ५,००० भन्दा बढी साधुसन्तहरू आएको अनुमान छ। उनीहरूलाई पशुपतिक्षेत्रमै बसोबासको व्यस्था मिलाइएको छ। बीबीसी

