logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पशुपति क्षेत्रबाट गाँजा खाने र पाकेट मार्न खोज्ने ४५ जना पक्राउ


अंकुरण खबर
936
Shares

पशुपति क्षेत्रबाट प्रहरीले ४५ जनालाई पक्राउ गरेको छ। गाँजा खाने, हुलदंगा गर्ने र पाकेट मार्न खोज्नेलाई आज  नियन्त्रणमा लिइएको हो।

शिवरात्रिको अवसरमा आज पशुपति क्षेत्रमा दर्शनार्थीको बाक्लो उपस्थिति रहेको छ। शिवरात्रिमा पशुपति क्षेत्रमा दर्शन गर्नबाहेक गाँजा खान जानेको पनि बाक्लो उपस्थिति रहने गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

भारतबाट आउने बाबाहरु खुलेयाम गाँजा विक्री गरिरहेको भेटिन्छन्। बाबाहरुलाई भने गाँजा सेवन गर्न कुनै प्रतिबन्ध गरिएको छैन तर अन्यको हकमा सेवन तथा विक्री वितरणमा रोक लगाइएको छ।

प्रवक्ता बोगटीका अनुरसार पक्राउ गरिएका मध्ये २० जनाभन्दा बढीलाई गाँजा सेवनको आरोपमा नियन्त्रणमा लिइएको हो।