Breaking Newsअन्तर्वार्ता

एक साहासिक योद्धा : सांसददेखि कृषक र बीमा अभिकर्ता सबै क्षेत्रमा अब्बल

अन्यायमा परेकालाई मूक्ति दिई समानता मूलक समाजको परिकल्पना गरि कलिलो उमेरमै तत्कालिन  माओवादीले थालेको युद्धमा होमिनीको संख्या धेरै छ । दीर्घकालिन मुक्तिका लागि मर्न र मार्नको कुनै प्रवाह नगरि युद्धमा होमिएकाहरु मध्यको एक नाम हो मञ्जु बम । युद्धकालमा धेरै लोक प्रिय मानिएका गीत तथा साहित्यकी सर्जक समेत हुन मञ्जु । उनै मञ्जु बम संग अंकुरण खबरको टीमले गरेको कुराकानीमा आधारित…

परिवारिक पृष्ठभूमि कांग्रेस : मञ्जु माओवादी
सुदुर पश्चिमको मध्यम वर्गीय परिवारमा जन्मीएकी मञ्जुको पारिवारिक पृष्ठभूमि भने कांग्रेस हो । हुने बिरुवाको सानैदेखि चिल्लो पात भन्ने नेपाली उखान मञ्जुको जीवनमा ठ्याक्कै मेल खान्छ । सानैदेखिनै क्रान्तिकारी स्वभावकी मञ्जु समाजमा रहेको अन्धविश्वास, विसंगती, विकृति प्रति चासो राख्थिन । उनी भन्छिन् ‘सानैदेखि कसैले अन्याय ग¥यो भने म आफ्नो क्षमताले भ्याएसम्म प्रतिवाद गर्थे ।

सायद यही सोचेले होला तत्कालिन युद्धमा रहेको माओवादीले सबैलाई न्याय दिन्छ भनेर कलम र कापी च्याप्ने हातले मञ्जु बन्दुक समाउन पुगिन । सुदुर पश्चिममा लेखराज भट्ट, खगराज भट्ट, कृष्ण बम लगाएतका सिमित नेता र महिलामा मञ्जुनै हुन पहिलो भूमिगत हुने कार्यकर्ता ।

युद्धकालमा धेरै पटक मृत्युलाई पराजय गर्दै निरन्तर लडेकी शाहासी योद्धा हुन मञ्जु । बम भन्छिन्  यति बेला केबल हामीलाई थाँहा थियो त कि मुक्ति कि मृत्यु । प्रचण्ड,बाबुराम,मोहोन वैद्य लयाएतका शीर्ष नेता नै हाम्रा अभिभावक र उनीहरुको निर्देशन नै जीवन अगाडी बढ्ने लक्ष्य ।

मञ्जुको राजनीतिक जीवन
मञ्जु सुदुर पश्चिमकी आशाको केन्द्र हुन् । स्पष्ट वक्ता,दुरदर्शी विचार, सकारात्मक सोचाई, आफ्नो कामलाई सधै सबल तरिकाले सम्पन्न गर्ने मञ्जु राजनीतिमा पाउँदा मात्र हैन गुमाउदा पनि बिचलित नहुने उदाहरणीय पात्र हुन् ।

मञ्जु आफ्नो राजनीतिक यात्रा यसरी स्मरण गर्छिन् म सुरुमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा सक्रिय थिए । त्यस पछि जब मेरो दाइ माओवादीमा लाग्नु भयो मैले पनि बुझने अबसर पाए । पछि वि.सं २०५८ सालबाट माओवादीको पूर्वकालीन कार्यकर्ता भए । वि.सं २०५७ सालमा अनेरास्ववियू क्रान्तिकारीको जिल्ला सदस्य भए । पार्टीले मलाई शुरुवातमा दार्चुलाको अखिल नेपाल महिला संघ क्रान्तिकारीको संयोजकको जिम्मेवारी दिइयो ।

उनले थपिन वि.सं २०५७ सालमा माओवादी जिल्ला सदस्य भए। २०५८ सालमा अखिल नेपाल जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य र २०५९ सालमा सेती–महाकाली ब्यूरोको क्षेत्रीय सदस्यको जिम्मेवारी पाँए । २०६५ देखि २०६८ सालसम्म डडेल्धुरा जिल्ला कमिटीको सेक्रेटरी भए

शान्ति प्रक्रियामा आइसकेपछि मेरो मिहिनेत र कामकै कारण हुनुपर्छ पार्टीले दिएको जिम्मेवारी अनुसार मैले अन्तरिम व्यवस्थापिका २०६३को सदस्य हुने अबसर पाए । त्यस पछि माओवादीको महाधिवेशन आयोजक कमिटीको सदस्य पनि भए ।

पहिले सांसद् अहिले कुनै कमिटिमा छैन्  :

शान्ति प्रक्रियामा आए पछि माओवादी धेरै पटक फुट र मिलनको अवस्थामा पुग्यो । नेतृत्वले पहिलेका आफ्ना उद्देश्य र जनता समक्ष गरेका बाचा भुल्दै गयो । सुविधा भोगी र बिलासी जीवन शैली अप्नाएका कारण माओवादी प्रति जनताको भरोसा टुट्दै गएको छ । सुन्दर,संवृद नेपालको लागि आफुसंगै हिडेका कैयौ साथीहरुले साहादत प्राप्त गरे । कैयौं घाइते छन् । गाँस,बाँस ,कपासको न्यूनतम आवश्यक्ता समेत पुरा गर्न नसकेर पटक पटक मरेर पनि बाचिरहेका छन् ।

दुखका साथ भन्नु पर्छ नेतृत्वले राम्रा भन्दा हाम्रालाई स्थान दिदै गयो । यस कुराको भुक्तभोगी म हुँ । हुनत मेरो जस्तो नमिठो भोगाई धेरै साथीको छ । नेताका नराम्रा काममा खबरदारी गर्ने र सत्यको पक्षमा उभिएकै कारण अहिले मलाई कुनै पनि कमिटिमा राखिएको छैन् । तर पनि पार्टी प्रति मेरो निष्ठा हिजो पनि थियो ,आज नी छ र भोली पनि कायमै रहने छ ।
म प्रत्यक्ष जिम्मेवारीमा नभए पनि थाँहा पाएसम्म पार्टीको जुन सुकै कुरामा सहभागि हुने गरेको छु । आफु जुन सुकै ठाँउमा भए पनि सुदूरपश्चिममको समस्या छाउपडी लगाएतका कुप्रथा र आर्थिक विपन्नता हटाउदै समर्ग सुदूरपश्चिमको विकासमा दिलो ज्यान दिएर लाग्ने छु ।

जीवन धान्न कृषि पेशा अंगाले :
नेपालमा छिटपुट बाहेक राजनीतिमा लागेका व्यक्तिहरुले कृषि पेशा अंगालेको पाइदैन् । कृषि पेशालाई प्रतिष्ठित पेशा मानिदैन् । तर पनि सांसद भैसकेकी मञ्जुले कृषि पेशा अंगालिन् । तत्कालिन समयमा माओवादीले देश विकासका लागि कृषिमा आधुनिकिकरण आवश्यक छ भनेकोले नै कृषिमा लागेको बताउछिन् मञ्जु ।

सुदुर पश्चिमबाट काठमाडौं आएकी मञ्जुलाई घरपरिवार धान्न पनि कुनै व्यावसायमा लाग्नुको विकल्प थिएन् । दुई सन्तानकी आमा मञ्जु नेकपाका प्रभावशाली नेता सुदुरपश्चिम सह–इन्चार्ज खगराज भट्टकी जीवन संगिनी पनि हुन् ।

कृषिमा सरकारी तहबाट कुनै अनुदान लिएकी छैन् :
कृषिमा आएको स्वदेशी तथा विदेशी अनुदान नेता तथा कार्यक्रताले लिन्छन् भन्ने आरोप छ । कृतिम किसान खडा गरी नेता तथा कार्यक्रताले अनुदानमा हालीमुहाली गर्ने र वास्तिविक किसान सधै मर्कामा पर्ने कुरा नौलो होइन् यहाँ। यो आरोप मञ्जुले पनि खेप्नु नपरेको होइन् । पढेलेखेका, पदमा पुगेकाले बरु खाडीमा पसिना बगाउन तयार हुने तर आफ्नो देशमा कृषिमा लागेर आर्थोपार्जन गर्न नहुने भन्नेका लागि मञ्जु उदाहरण हुन् । उनी भन्छिन् सुरुमा सहकारीबाट ऋण लिएर गाई र कुखुरापालन गरे । गाईको भकारो सोर्नेदेखि सबै काम एक्लैले गरे । हाल गाई र कुखुरा हटाएर भैँसी पालनमा लागेकी छु । अरुले भनेजस्तो कुनै सरकारी अनुदान कुम्लाएर फर्म खोलेको हैन् । यो मेरो आवश्यक्ता र वाध्यता दुबै हो ।

कृषिको अनुदानमा पारदर्शीता अप्नाई, कृषिमामा लाग्न चाहने युवालाई आवश्यकता अनुसार प्रोत्साहन गर्न सके मुलुक छिट्टै संवृद्ध हुने उनको भनाई छ ।

अब्बल बीमा अभिकर्ता :
सृजनशील, मिलनसार र समाजको आवश्यक्ता अनुसार चल्न सक्ने मञ्जु हाल बीमा क्षेत्रमा अब्बल अभिकर्ताको रुपमा परिचित हुदैछिन् । युनियन लाईफ इन्स्योरेन्स कम्पनीमा अभिकर्ता बनेको छोटो समयमानै बीमाको महत्व र आवश्यक्ता बुझाई उत्कृष्ट अभिकर्ताको पहिचान बनाएकी हुन् ।
नेपालमा केही गर्ने वातवरण छैन् ,केही गर्न सकिदैन् भन्नेहरुलाई दृढ इच्छा शक्ति,उच्च मनोबल, लगनशील र इमानदार भए नेपालमा जुन सुकै क्षेत्र पनि राम्रो छ भन्ने कुरा मञ्जुले पाठ सिकाएकी छिन् ।

Comment here