पोखरामा स्कुटर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोजपुर घर भई हाल पोखरा रानीपौवा बस्दै आएका ३० वर्षीय राजकुमार राई रहेका छन् ।
शुक्रबार बिहान आफू चढेको स्कुटर पोखराको फूलबारुीमा अनियन्त्रित भई दुर्घटना भएपछि उनी घाइते भएका थिए । घाइते राइको उपचारार्थ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।