logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ आफ्नै कार्यकक्षमा मदिरा पिउँदै


अंकुरण खबर
845
Shares

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो जन्मदिनमा भन्दै मुख्य मन्त्री कार्यालयमा नै रक्सीको भोज दिएका छन ।

उनले रेडलेवल हुस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेवलमा नै राखेका छन भने अन्य कर्मचारीलाई समेत उनले रक्सी दिएका छन ।

गण्डकी प्रदेशका नेकपाका नेता समेत रहेका गुरुङले टेवलमा राखिएको हुस्की हेर्दै हास्दै गरेको फोटो समेत सार्वजनिक भएको छ ।

उनले मुख्यमन्त्रीको मर्यादा भन्दा बाहिर गरेको उक्त हर्कतको सबैले आलोचना गरेका छन । कतिपय उनका आलोचकले त उनलाई मुख्यमन्त्रीबाट हटाउन समेत माग गरेका छन ।
(नेपाल समाचारपत्र दैनिकबाट)