सरकारले जयनगर–जनकपुर–बर्दिवास रेलमार्गको जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन गर्ने तयारी गरेको छ।
नेपाल रेल्वे कम्पनीले विभिन्न ९ प्राविधिक पदमा २६ जना नेपाली कर्मचारीको आवेदन माग गरेको छ।
आवेदन मार्फत यसका लागि प्राविधिक कर्मचारी खोजी गर्न थालेको हो । कम्पनीले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र आवेदन बुझाउन अनुरोध गरेको छ। सिनियर सेक्सनल इन्जिनियर सिग्लनिङ, चिफ पावर कन्ट्रोलर र चिफ लोको इन्स्पेक्टर १÷१ जना, स्टेसन मास्टर ८ जना तथा लोको पाइलट, सहलोको पाइलट, पी.वे. सुपरभाइजर, मेकानिक, पोइन्टस मेन ३÷३ जना माग गरिएको छ।