logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव कायमै,एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना


अंकुरण खबर
832
Shares

काठमाडौं – मुलुकभर पश्चिमी न्युन चापिय प्रणालीको असर कायमै रहेकाले आज साँझ पनि पहाडी भू-भागका केही स्थानमा हल्का बर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले तीन दिनको पूर्वानुमान गर्दै जारी गरेको विज्ञप्तिमा पश्चिमी न्युन चापिय प्रणालीको असरले देशभर आंशिक बदलीको अवस्था कायमै रहेको जनाएको छ ।

देशका पहाडी भू-भागका थोरै स्थानहरुमा आज चट्याङसहित बर्षाको सम्भावना रहेको तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ भने मध्य, पूर्वी तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार भने पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भेगको मौसम साफा रहने महाशाखाको आंकलन छ ।