आज (आइतबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा तोकेको छ। त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ।
आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२३ रुपैयाँ ५२ पैसा छ भने बिक्रीदर मूल्य १२४ रुपैयाँ १७ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ७४ पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ ५१ पैसा छ।