logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जन्मथलो तेह्रथुम जानुअघि प्रधानमन्त्री ओलीले बालुवाटारमा यसरी मनाए बर्थ डे


अंकुरण खबर
2.47K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ६९ औं जन्मदिन बालुवाटारमा मनाएका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली जन्मथलो आठराई जानुअघि बालुवाटारस्थित सरकारी निवासमा केक काटेर जन्मदिन मनाएका हुन् ।

छोराको जन्मदिन मनाउन प्रधानमन्त्री ओलीका बुवा मोहनप्रसाद ओली पनि बालुवाटार आएका छन् । उनी प्रायः झापा नै बस्ने गर्छन् ।

प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँगै, नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङलगायत पुगेका थिए ।

उनीहरु केक, मिठाई, फूलका माला र खादा बोकेर बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए । त्यसपछि प्रधानमन्त्री ओलीका परिवारका केही सदस्यहरु र सचिवालयका सदस्यहरु बसेर बधाइ साटासाट गरेका थिए ।

प्रधानमन्त्री ओलीले बुवा मोहनप्रसाद र पत्नी राधिकालाई दायाँ बायाँ राखेर केकसमेत काटे र वितरण गरे ।

बालुवाटारको कार्यक्रमपछि प्रधानमन्त्री ओली जन्मथलो तेह्रथुमको आठराई प्रस्थान गरेका छन् ।