काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड जारी नै रहेको छ। आज सुन ७ सय र चाँदी ५ रुपैयाँले बढेको हो।
आइतबार छापावाला सुन तोलामा ७ सय रुपैयाँले बढेर ७८ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार छापावाला सुन तोलामा ७८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, तेजावी सुन प्रतितोला ७८ हजार ५ सयमा कारोबार भइरहेको छ। चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको प्रभाव सुन बजारमा पनि परेको छ।