logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

करेन्ट लागेर घटनास्थलमै एक जनाको मृत्यु


अंकुरण खबर
1.17K
Shares

सिन्धुपाल्चोकमा करेन्ट लागेर एक पैदलयात्रीको घटनास्थलमा मृत्यु भएको छ । सोही घटनामा अर्का एक घाइते भएका छन् ।

मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका-४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेका र बाह्रबिसे नगरपालिका-१ घोर्थलीका पप्पु गुरुङ घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शिरिसेस्थित चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो पावर कम्पनीले इन्टरनेटको तार तान्न प्रयोग गरेको फलामे पोल ढलेर विद्युत्को मेन लाइनमा परेको र झुक्किएर पोल छुन पुग्दा पैदलयात्रीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।