नेकपाका अध्यक्ष नेत्र विक्रम चन्दको पनि जन्मदिन परेको छ ।
सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली र विद्रोही नेकपाका अध्यक्ष नेत्र विक्रम चन्द विप्लव को बर्थडे एउटै दिन परेको छ।
हाल बहालवाला प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीको वि सं २००८ साल फागुन ११ गते तेह्रथुम जिल्लाको इवा गाउँमा भएको थियो। प्रधानमन्त्री ओलीले आज पुर्ख्यौली घर तेह्रथुमको आठराईमा आफ्नो ६९ औँ जन्मदिन मनाउने छन्।
सरकारद्वारा प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवको जन्मदिन पनि आजै परेको हो । विद्रोही नेता विप्लवको जन्म २०२४ साल फागुन ११ गते रोल्पाको इरिवाङ गाविस वडा नम्बर ५ मा भएको थियो।
पूर्व माओवादी कमान्डर विप्लवले हाल फरक राजनीतिक धारको प्रतिनिधित्व गर्दै आएका छन्। सरकारले प्रतिबन्ध विप्लव नेकपाले भूमिगत रुपमा आफ्ना गतिविधि अगाडि बढाउँदै आएको छ।
दुई नेकपा अध्यक्षको जन्मदिनमा आज शुभेच्छुकहरूले शुभकामना दिइरहेका छन्।