कोरोना भाइरसबाट दक्षिण कोरिया थप २ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।
आइतबार बिहान सम्मको जानकारी अनुसार कोरोना भाइरसका थप १ सय २३ जना बिरामी फेला परेका छन्। योसँगै हालसम्म ५ जनाको मृत्यु र संक्रमितको संख्या ५५६ पुगेको कोरियाली सरकारले पुस्टि गरेको छ।
मृतक र संक्रमित भएका अधिकांश नयाँ घटना डेगु सहरस्थित सिन्चियोन्जी चर्चको शाखामा देखा परेका छन्। जुन सहरलाई कोरियाली सरकारले बिशेष निगरानीमा राखेको छ। त्यहाँ ९ हजार मानिसलाई क्वारेन्टाइनमा राखिएको छ भने २५ हजार मानिसलाई घर भित्रै बस्न भनिएको छ।
५५६ संक्रमित मध्ये ३०६ अर्थात ५५.६ प्र्रतिशत संक्रमित शिन्चेन्जी चर्चको डेगु शाखामा फेला परेका हुन् । बाँकी १११ संक्रमित चेङ्गदो स्थित एउटा अस्पतालमा फेला परेको कोरिया हेराल्डले जनाएको छ ।
मृत्यु हुनेमा पाँच मध्ये तीन जना अस्पतालका संक्रमितसँग जोडिएका थिए। कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि सतकर्ता अपनाइएको छ। नेपाली कामदारहरु समेत रहेको कोरियामा दुतावासले सतर्कता अपनाउन आग्रह गरेको छ।
