logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्यो, चालकको मृत्यु


अंकुरण खबर
1.365K
Shares

धादिङ बेनिघाट रोराङ गाँउपालिका–९ ज्यामिरेघाटस्थित पृथ्वी लोकमार्गमा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आइतबार बिहान वीरगञ्जबाट बनेपातर्फ जाँदै गरेको ना ५ ख ३७७७ नं. को शालिमार सिमेन्ट बोकेको ट्रकको टायर पड्किएको हो । टायर पड्किएर अनियन्त्रित भई सडकबाट सय मिटर तल त्रिशूली नदीमा खस्दा मकवानपुर भिमफेदी गाँउपालिका–२ भैसे बस्ने ४६ वर्षका बिखे थोकरको मृत्यु भएको छ ।

चालक थोकरको उद्धार गरी उपचारका क्रममा मृत्यु भएको हो भने ट्रकमा सवार सहचालक सप्तरी रुपनगरका १८ वर्षका राजेश विक घाइते भएका छन् ।

सहचालकको उपचार लागि गजुरी अस्पतालमा लगिएको र उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।