अर्थमन्त्री डा. युवराज खतिवडाले सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समेत पदभार ग्रहण गरेका छन् ।
आइतबार खतिवडाले पदभार ग्रहणसँगै मातहतका कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।
सुरक्षित मुद्रण (सेक्युरिटी प्रिन्टिङ प्रेस) खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनिक भएसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अर्थमन्त्री डा. खतिवडालाई कार्यभार तोकिएको हो।