नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको पहिलो दिन आज आईतवार अहिलेसम्मकै धेरै कारोबार भएको छ ।
आज नेप्से परिसूचक ६९ दशमलव ५६ अंकले बढेर १ हजार ५ सय ४ दशमलव १४ विन्दुमा पुगेको छ भने ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ बराबरको कारोवार भएको छ ।
शेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने बाणिज्य बैंक समूहमा उच्च दरमा वृद्धि हुँदा नेप्सेमा उछाल देखिएको हो । बाणिज्य बैंक समूहको सुचक सात प्रतिशतभन्दा बढिले बढेको छ भने व्यापार समूहको सुचक आठ दशमलव २५ प्रतिशतले बढेको छ ।
त्यस्तै, विकास बैंक समूहको सुचक चार दशमलव ५० प्रतिशतले बढेको छ । त्यसबाहेक जलविद्युत, अन्य, वित्त समूहका सुचकहरुको वृद्धि तीन प्रतिशतभन्दा बढि भने बाँकी सुचकहरु पनि दुई प्रतिशतको हाराहारीमा र सोभन्दा बढि दरमा बढेका छन् । आज कुल १७८ कम्पनीको सेयर कारोबार भएकोमा २७ वटा कम्पनीका सेयर मात्रै घटेको छ भने बाँकीका लगानीकर्ताले कमाई गरेका छन् ।
शेयर बजारमा आज सबैभन्दा धेरै कारोबार एनएमबी बैंकको रहेको छ । उसको १२ करोड ५६ लाख रुपियाँको कारोबार भएको छ । दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड ८२ लाख रुपियाँ छ । नाफा धेरै गर्नेमा फष्ट माइक्रोफाइनान्ससहित ११ वटा कम्पनीको सेयर नौ प्रतिशतभन्दा बढिले बढेको छ । धेरै घाटा खानेमा तारागाउँ रिजेन्सी होटलका लगानीकर्ता रहेका छन् ।