logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पिता र धर्मपत्नीका साथ  प्रधानमन्त्री ओली पुगे जन्मघर


अंकुरण खबर
1.859K
Shares

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन  आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघर पुगेका छन् ।

प्रधानमन्त्री ओली आइतबार अपराह्न २ बजे जन्मघर पुगेका हुन् । उनलाई सङ्घीय सांसद भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी र तेजमान कङ्दम्वा, गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र स्थानीयवासीले स्वागत गरेका थिए।  प्रधानमन्त्रीको स्वागतमा लिम्बू समुदायको च्याब्रुङ नाच, सङ्गिनी नाच तथा विभिन्न झाँकी प्रदर्शन गरिएको छ ।

प्रधानमन्त्रीका साथ धर्मपत्नी राधिका शाक्य, पिता मोहनप्रसाद ओली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल, खानेपानीमन्त्री विना मगर, सङ्घीय सांसद विजय सुब्बा, गणेश विमलीलगायत छन् ।

प्रधानमन्त्रीले आजै सुकेपोखरी–भदौरै सडकको शिलान्यास गरे । त्यस्तै आठराई-१, सङ्कान्ति बजारमा स्थापना गरिएको नेपाल बैंक लिमिटेडको १७७ औँ शाखाको पनि उनले उद्घाटन गरेका छन् ।