logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टर्की पठाइदिन्छु भन्दै ३९ लाख ठग्ने एक जना पक्राउ


अंकुरण खबर
767
Shares

टर्की र ग्रीस पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने एक जना काठमाडौंबाट पक्राउ एक जना पक्राउ परेका छन्।

वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा मोरङका कमलप्रसाद पोखरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मोरङ रतुवामाई नगरपालिका वडा नं ६ बुधबारे घर भई हाल चुच्चेपाटी बस्ने ५२ बर्षीय कमल पोखरेलले वैदेशिक रोजगारको नाममा टर्कि र ग्रीसमा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विभिन्न मितिहरुमा ३२ जना व्यक्तिहरुबाट उन्नचालिस लाख छप्पन्न हजार लिएर फरार भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

पैसा लिएर फरार भएका उनी विरुद्ध प्रहरीमा जाहेरी परेपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पोखरेललाई टेकुबाट पक्राउ गरेको हो।

उनलाई वैदेशिक रोजगार विभाग बुद्वनगर,काठमाडौंमा आवश्‍यक अनुसन्धान तथा  कारवाहीको लागी पठाईएको प्रहरीले जनाएको छ।