logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाका अध्यक्ष दाहाल डोला उठाउँदै मिथिला परिक्रमाको उद्घाटन


अंकुरण खबर
637
Shares

पन्ध्रदिने मिथिला माध्यमा परिक्रमा आज बाट सुरु भएको छ । नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डोला उठाएर परिक्रमाको आरम्भ गरेका छन् ।

आईतबार धनुषाको मिथिला विहारी नगरपालिकामा मिथिला विहारी भगवानको डोला प्रस्थान तथा प्रवेशद्वार समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मिथिला मध्यमा परिक्रमाले दुई देश बिच सांस्कृतिक आदान प्रदान सँगै पर्यटनको लागि महत्वपुर्ण रहेको बताए ।

आफु प्रधानमन्त्री भएको समय यस परिक्रमा मार्गको लागि सहयोग गरेको स्मरण गर्दै उनले मिथिलाविहारी परिषद गठन गर्न पनि आफ्नो सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष प्रचण्डले मिथिला माध्यमिकी परिक्रमाको डोला उठाएर परिक्रमाको आरम्भ गरे । परिक्रमाको अवसरमा हेलिकप्टरबाट पुष्प वर्षा गरिएको थियो ।

फागुन शुक्ल औंसी तिथीको दिन कचुरीबाट मिथिला बिहारीको डोला लिएर सुरु भएको परिक्रमा साँझसम्म जनकपुरधामस्थित रत्नसागर मन्दिर पुग्दै हनुमाननगरमा विश्राम गरी सोमबार बिहानै भारतको कलना स्थित कल्याणेश्वर मन्दिरको लागि प्रस्थान गर्नेछन् ।

धार्मिक ऐतिहासिक ठाँउहरुको ९० किलोमिटर र भारतको ३० किलोमिटर गरि जम्मा १ सय २० किलोमिटर भु–भागको यात्रालाई मिथिला माध्यमिकी परिक्रमा गरिने गरिन्छ ।