logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पेस्तोल देखाउँदै टिकटक बनाउने सईमाथि कारबाही हुने


अंकुरण खबर
2.808K
Shares

प्रहरी कार्यालयमै बर्दी लगाएर पेस्तोल नचाउँदै टिकटक भिडियो बनाएर सार्वजनिक गर्ने प्रहरी नायव निरीक्षक (सई) रत्नबहादुर थापामाथि कारबाही हुने भएको छ ।

महानरीय प्रहरी कार्यालय रानीपोखरीले टिकटक भिडियो बनाएर सार्वजनिक गर्ने सईमाथि कारबाही अगाडि बढाएको हो ।

महानगरीय प्रहरी प्रभाग सुडालमा कार्यरत सई र उनकी श्रीमतीले प्रहरी पोसाक लगाएर टिकटक भिडियो बनाएर सार्वजनिक गरेका थिए । सई थापाकी श्रीमती भने प्रहरी नभएको महानगरीय प्रहरी कार्यालय रानीपोखरी प्रहरीले जनाएको छ ।

उनीमाथि अनुशासनको कारबाही हुने जनाईएको छ । प्रहरी कार्यालयभित्र कुनै पनि व्यक्तिगत मनोरञ्जनको गतिविधि गर्नुलाई संगठनको अनुशासन विपरीत मानिन्छ ।