logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँस्कोटा अडियो प्रकरण : प्रधानमन्त्रीसहित चार जनाविरूद्ध अख्तियारमा उजुरी


अंकुरण खबर
1.3K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

निवर्तमान सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाविरुद्ध प्रितम सुवेदीसहितले उजुरी गरेलगत्तै प्रधानमन्त्रीविरुद्ध पनि अर्को उजुरी परेको हो । प्रधानमन्त्री, निवर्तमान सञ्चारमन्त्री बाँस्कोटा, पूर्वसञ्‍चार सचिव महेन्द्र गुरूङ र नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेलविरूद्ध आइतबार उजुरी परेको हो ।

उनीहरुविरुद्ध बाँकेको नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुरको हेटौंडा, नवलपुरका आनन्दराम पौडेलले उजुरी हालेका हुन्। सञ्‍चार मन्त्रालय अन्तर्गत सेक्युरिटी प्रिन्टिङ प्रेस, भू-उपग्रह खरिद, नेपाल टेलिकमको फोरजी बिस्तार, कम्प्युटर ल्याब र अप्टिकल फाइबर विस्तारमा अर्बौँ भ्रष्टाचार गरेको भन्दै उनीहरुले  अख्तियारमा उजुरी हालेका हुन्।

त्यस्तै बाँस्कोटाको अडियो डेढ महिना पहिले नै सुनिसकेको दाबी गरिएको उजुरीमा प्रधानमन्त्रीले सो प्रमाण लुकाएर भष्टाचार उद्योग कार्यमा संलग्न रहेको पुष्टि हुने दाबीसहित छानविन गर्न माग गरिएको छ।

करिब २७ अर्ब रुपैयाँको सेक्युरिटी प्रेस खरिदका क्रममा कमिसन मागेको अडियो सार्वजनिक भएसँगै सञ्‍चार मन्त्री बाँस्कोटाले गत बिहीबार राजीनामा दिइसकेका छन्।