logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चोरीको आरोप लागेका थापा साढे २० लाखसहित पक्राउ


अंकुरण खबर
676
Shares

३० लाख रुपैयाँ चोरी गरेको आरोप लागेका एक व्यक्ति २० लाख ५० हजार नगदसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कास्की ठाँटीघाट गाउँपालिका-६ का स्थायी ठेगाना भई हाल काठमाडौं कलंकी बस्दै आएका खगेन्द्रकुमार थापा छन्।

महानगरीय अपराध महाशाखा र ललितपुर परिसरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। २० वर्षीय थापाले ललितपुर-१३  खरीबोटबाट ३० लाख चोरी गरेको आरोप लागेको छ।

भारतीय नागरिक सुरूचि (सुरजु) यादवले संञ्चालन गरेको पशुपति भिभा नामक जुस स्टोरबाट सो रकम चोरी भएको भन्दै उजुरी दिएका थिए।

पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।